बैजनाथ गाउँपालिकाको अन्तरक्रिया सम्पन्न

सदरलाइन संवाददाता ३० जेष्ठ २०८०, मंगलवार १५:५२
 

बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम तथा बजेट निमार्णका लागि सुझाव संकलन तथा बृहद अन्तरक्रिया कार्यक्रम गरेको छ । बैजनाथ गाउँपालिका सरोकारवाला निकाय विच उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।


उक्त सुझाव संकलनमा कर्मचारी राजनितिक दल, शिक्षक पत्रकार लगायतको सहभागिता रहेको थियो । सुझाव संकलनमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाया, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, योजना शाखा, वडाध्यक्ष, कार्यपािलका सदस्य, वडासदस्य लगायतको सहभागिता रहेको थियो । उक्त सुझाव संकलनका निम्ति गाउँपालिकाले सार्वजनिक सुचना समेत प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

३० जेष्ठ २०८०, मंगलवार १५:५२
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकास्थित पुरैनानजिकै मानखोलामा दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । गर्मीका कारण खोलामा पौडी खेल्न गएका बाँके खजुरा गाउँपालिका वडा नम्बर ६, पुरैनाका १८ वर्षीया लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपालीको बाँके र बर्दियाको सीमानामा पर्ने मानखोलामा डुबेर डुबेर मृत्यु भएको हो । […]

सम्बन्धित