लालपुर्जा माग्दै भुमिहीन किसान आन्दोलनमा

२५ बैशाख २०७६, बुधबार १६:१८
 

सदरलाइनडटकम,
दाङ : दाङका भूमिहीन तथा सुकुम्बासी किसानहरु बस्दै आएको जग्गाको लालपूर्जा माग्दै सडकमा उत्रिएका छन् । भूमि सम्वन्धि समस्या समाधानको माग राख्दै जिल्लाका करीब २ हजार भुमिहिन किसान सडकमा उत्रिएका हुन् ।
भूमि माथिको बेथिति र सबै खालको भ्रष्ट्राचार बिरुद्ध खबरदारी गर्न सडकमा उत्रिएको उनिहरुले बताएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्चको अगुवाइमा भूमिहिन किसानले जिल्ला मालपोत कार्यालय दाङमा २ घण्टा धर्ना दिएका छन् । सरकारले भूमिको समस्या समाधान गर्न ध्यान नदिएको उनिहरुको गुनासो छ । चुनावी नारामा पुर्जा पायौं तर व्यवहारमा नपाएपछि आन्दोलन मै उत्रिएको राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष मेघबहादुर बिसीले बताएका छन् ।
धेरै भूमि आयोग बने पनि समस्या समाधान नभएको भन्दै उनले शक्तिशाली भूमि आयोग बनाएर काम अघि बढाउनु पर्ने सुझाव दिएका छन् । बस्दै आएको जग्गाको लालपूर्जा र जमिन नभएकाहरुलाई जमिनको व्यवस्था गर्न माग गर्न थालेको बर्षौ भए पनि नपाएको भन्दै उनिहरुले गुनासो गर्दै आएका छन् । गढवा ५ निवासी विन्तिराम यादवले पुर्जा माग्दै सडकमा आन्दोलन गरेर हिड्न थालेको एक दशक नाघी सेको बताएका छन् ।

Next Post

पाथिभरा राष्ट्रिय प्रतियोगितामा आर्मी र पुलिस फाइनलमा

२५ बैशाख २०७६, बुधबार १६:१८
सदरलाइनडटकम, ताप्लेजुङ : पाथिभरा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधिका लागि २ विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने भएका छन् । पुलिसले गण्डकी प्रदेशमाथि र आर्मीले एपीएफमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाए । ताप्लेजुङको नारायणी माविको खेल मैदानमा भएको सेमिफाइनलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ […]