सदरलाइनडटकम,
कञ्चनपुर : ठूलो परिमाणको सुनसहित कञ्चनपुरमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास क्षेत्रबाट प्रहरीले बिहीवार १८ किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको संयुक्त टोलीसँगै अपराध अनुसन्धान महाशाखा काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट उक्त सुन बरामद गरेको हो ।
सुनसँगै दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलाली ल्याउन लागिएको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।
