बाँकेमा एक किशोरीको रहस्यमय मृत्यु

सदरलाइन संवाददाता १६ कार्तिक २०८०, बिहीबार १३:४३
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–१ बस्ने एक किशोरीको रहस्यमय मृत्यु भएको छ । अघिल्लो दिनदेखि बेपत्ता स्थानीय श्यामलाल हरिजनकी छोरी १२ वर्षीया रिता हरिजनको मंगलबार शब फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको हो ।

बाँके प्रहरीका अनुसार, ट्याक्टरले खेत जोत्ने क्रममा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले ट्याक्टर चालकलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । डुडुवा गाउँपालिका–१ टेपरीस्थित खेतमा गाडिएको अवस्थामा किशोरीको शव फेला परेको हो ।


प्रहरी स्रोतका अनुसार, किशोरीको हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर बाँके प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘एक/दुई दिनमै हामी एउटा निष्कर्षमा पुग्छौं,’ बाँके प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ‘राडार गन’सहित ट्राफिक चेकिङ

१६ कार्तिक २०८०, बिहीबार १३:४३
नेपालगञ्ज : बाँके ट्राफिकले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि राजमार्ग क्षेत्रका सडकमा ‘राडार गन’ सहित चेकिङ शुरु गरेको छ । सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरणका लागि राडर गनको सहायताले जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । […]