मकालुको जहाज हुम्लामा दुर्घटनाग्रस्त, चालक दलका सदस्यको मृत्यु

२ जेष्ठ २०७५, बुधबार १२:२४
 


सदरलाइनडटकम
२ जेष्ठ, नेपालगन्ज :  मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’
नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो । यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन विमानस्थलमा आएको थियो ।
सोही आधारमा महाप्रवन्धक क्षेत्रीले बगरमा विमान फोर्स ल्याण्डिङ भएको र चालक दलका दुवै सदस्य सकुशल रहेको सूचना सञ्चार माध्यमहरुलाई दिएका थिए । उक्त गलत सूचनाले हाम्रा पाठकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

Next Post

अबैधरुपमा बिद्यार्थी भर्ना

२ जेष्ठ २०७५, बुधबार १२:२४
सदरलाइनडटकम २ जेष्ठ, नेपालगन्ज :  अनुमति नलिई कक्षा सन्चालन गर्ने बिद्यालयका बिरुद्धमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले सक्रियता देखाएको छ । शिक्षा शाखाले सार्वजनिक सूचना नै जारी गरी त्यस्ता बिद्यालउ उपर कार्वाही गर्ने तयारी गरेको छ । शाखाले सूचना जारी गरेर नेपालगन्ज—१३ स्थित खुलेको डेस्टिनेश स्कुलले जिल्ला शिक्षा कार्यालय र नेपालगन्ज […]