सदरलाइनडटकम,
नेपालगञ्ज : धर्म होईन भावना परिवर्तन गरौ भन्ने मुल नारामा साथ आगामी बैशाख २५ गते नेपालगञ्जको रामलिला मैदानमा बृहद सत्संघको आयोजना गरिने भएको छ ।
सन्त निरंकारी मण्डल बाँकेको आयोजनामा सम्पन्न हुने सो सत्संघमा देश विदेशका गरी १० हजार बढीको सहभागिता रहने आयोजकले जनाएका छन् ।
संत निरंकारी मण्डल बाँकेका अध्यक्ष शिवप्रसाद गोडियाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा सेवादलका प्रचारक रामचन्द्र भट्टराईले संन्त निरंकारी सद्गुरु माता सुदिक्षा सविन्दर हरदेवजी महाराजको प्रवचन हुने जानकारी दिए ।
सो अवसरमा दाङ्गका ज्ञान प्रचारक लोकबहादुर केसीले प्रदेश नं. ५ र कर्णाली प्रदेशका सबै जिल्लाबाट सहभागि हुने जानकारी दिदै नेपालभर ५७ जिल्लामा शाखा रहेको र ३७ वटा देशमा यसको सञ्जाल रहेको बताए ।
