मुस्लिम समुदायको रमजान महिना सुरु, आज पहिलो रोजा

२४ बैशाख २०७६, मंगलवार ०८:१८
 

सदरलाइन  /  रुद्र सुवेदी,
नेपालगञ्ज : ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान महिना आज अर्थात मंगलबारबाट शुरु भएको छ । नेपालगञ्ज लगायतका देसभरका मुस्लिम समुदायले मंगलबार विहानदेखि पहिलो रोजा बसेर रमदान शुरु गरेका छन् । र्ईस्लामिक पात्रो (हिजरी)को अनुसार रमजान नवौं महिना हो ।
रमजानमा मुस्लिम समुदायले ‘सावान’ महिनाको २९ तारिक (आईतबार) नै चन्द्रमा हेरेर सोमबार बिहानदेखि रोजा बस्नु पर्नेमा आईतबार कहि कतै चन्द्रमा नदेखिएको कारण सोमबार साँझदेखि पवित्र कुरानको पाठ ‘तराबी’ सुरुगर्र्ने र मंगलबारदेखि रोजा सुरु गर्ने निर्णय भएको मैलाना जियाउ मुस्तफा नूरानीले जानकारी दिए ।
रमजान महिनामा एक महिनासम्म अनिबार्यरुपले ‘रोजा’ अर्थात ब्रत बसेर पबित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्ने चलन छ यसलाई कुरानको ‘तरावी’ भनिन्छ ।
विहानको खाना ‘सेरी’ खाएपछि दिनभर निराहर ब्रत बस्ने चलनलाई रोजा बस्ने भनिन्छ । रोजा साँझ निश्चित समय पुरा भएपछि ब्रत तोडिने गरिन्छ जसलाई ‘रोजाअफ्तार’ भनिन्छ ।
रमजान महिनामा बालबालिका, बृद्ध, सुत्केरी र विरामीलाई रोजा अनिवार्य छैन । अन्य हरेक मुस्लिम समुदाएका सदस्यहरुले रोजा बस्नै पर्ने प्रचलन रहेको स्थानीय मुस्लिम अगुवा जाकिर हुसेन हल्वाईले बताउछन् ।
साझँ सुर्य अस्ताएपछि सो ब्रत तोड्ने अर्थात इफ्तयार गर्ने र रामजानका अबसरका नमाज पढनुका साथै गरिव गुरुवालाई आफ्नो सम्पत्तिको केही हिस्सा दान गर्ने भएकोले पनि रमजानको महिनालाई दान धर्मको महिनाको रुपमा पनि मुस्लिम समुदायले लिने गरेको अन्तर धार्मिक तथा सामाजिक सद्भाव समितिका सहसंयोजक समेत रहेका मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।
एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानीय ईदगाहमा पुगेर सामुहिक नमाज पढेर ईद मनाउने चलन रहेको छ । रमजान पर्बको अबधिभर मुस्लिम समुदायमा झुृटो नबोल्ने, झै झगडा नगर्ने बिश्वास रहेको छ । 

Next Post

फर्निचर उद्योगमा आगलागी, १० लाखको क्षति

२४ बैशाख २०७६, मंगलवार ०८:१८
सदरलाइनडटकम, दाङ : दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित ओम फर्निचर उद्योगमा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । उनका अनुसार सोमवार राति १२ बजे आगलागी हुँदा एउटा […]