पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल भित्रिए

८ चैत्र २०७५, शुक्रबार १४:१४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपईडिहामा रुकेका पेट्रोलियम पदार्थ बोकेका १ सय ४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए ।
नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीवार राति नेपाल भित्रिएको बताए । भारतले भन्सारमा अनलाइन प्रविधि लागू गरेपछि विभिन्न समयमा नाकामा समस्या हुँदै आएको उनले बताए । भारतको बहराइच नजिकै अप्टिकल फाइबरमा समस्या आएर अनलाइन दर्ता नभएपछि ट्याङ्करसँगै अन्य मालबाहक ट्रकहरु रुपईडिहामै रोकिएका थिए ।
१० लाखभन्दा बढी ‘इनभ्वाइस’को सामानलाई भन्सार ‘क्लियर’ गराउन भारतीय भन्सारका डेपुटी कमिश्नरको अनुमति लिनुपर्छ । बिहीवार राति मात्रै इन्धन आयात नभएको भए नेपालगञ्ज आसपासको क्षेत्रमा इन्धन अभाव हुनसक्ने देखिएको थियो । नेपाल आयल निगम इन्धन डिपो नेपालगञ्जका प्रमुख अभिषेककुमार ठाकुरले सबै ट्याङ्कर नेपाल भित्रिएकाले इन्धन अभाव नहुने बताए ।
यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोण्डाबाट, एटीएफ इलहावाद र एलपी ग्यास मथुराबाट आयात गर्दै आएको छ । डिपो प्रमुख ठाकुरका अनुसार निगमको डिपोमा एक हप्तालाई पुग्ने डिजेल र तीन दिनलाई पुग्ने गरी पेट्रोल भण्डारण क्षमता छ ।

Next Post

सडक खन्दा भेटिए चाँदीका सिक्का

८ चैत्र २०७५, शुक्रबार १४:१४
सदरलाइनडटकम, बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका ६ सोनपुरदेखि जोगनपुर सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेका छन् । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताए । सडकलाई स्काभेटरबाट खन्दा करीब […]

सम्बन्धित