कोहलपुरमा भेटिएको शवको पहिचान खुल्यो

सदरलाइन संवाददाता ५ श्रावण २०८०, शुक्रबार १५:०९
 

कोहलपुर (बाँके) : शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ । कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो । उक्त शव बैजनाथ गाँउपालिका ६ पार्बतिपुर घर भएका ऐन बुढा छेत्री रहेको प्रहरी स्रोतले जनाएको छ ।


शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । घटनाको कारण भने अझैं खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीपी स्मृति दिवसमा काँग्रेस बाँकेद्वारा वीपीको शालिकमा माल्यार्पण

५ श्रावण २०८०, शुक्रबार १५:०९
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । नेपालगञ्ज वीपीचोकस्थित वीपीको शालिकमा शनिवार विहान माल्यार्पण गरिएको हो । माल्यार्पण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडलेले वीपी विचार र मार्गदर्शनलाई कांग्रेसले आफ्नो पार्टी जीवनमा […]