२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

बैजनाथमा बालबिवाहबिरुद्धको अभियान विद्यालयबाट सुरु



सदरलाइनडटकम,
बैजनाथ (बाँके) ‘ नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ भन्ने मूल नाराका साथ बाँकेको बैजनाथ गाउँपालिकामा उमेर नै नपुगी आफै विबाह गर्ने कार्यलाई निरुत्साहित गर्नको लागि विद्यालय तहदेखि नै बालविवाहविरुद्धको सचेतनामुलक अभियानको सञ्चालन गरिएको छ ।
बैजनाथ गाउपालिकाको वडा नं. ६ को सहयोगमा वडा बाल क्लब सञ्जाल र मानव अधिकार तथा बाल विकास मञ्च (मास) संगको सहकार्यमा बालविवाह न्यूनिकरणका लागि विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । वडाका ४ सामुदायिक र २ संस्थागत विद्यालयका ८, ९ र १० कक्षाका विद्यार्थीलाई बालविवाहविरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मासकी कार्यक्रम संयोजक दिपिका रोकायले जानकारी दिईन ।
कार्यक्रममा बैजनाथ ६ का वडाध्यक्ष भद्रबहादुर बस्नेतले गाउपालिकामा अभिभावकको स्वीकृतीमा बालबिबाह नहुने तर, अभिभावकले नचाहँदा नचाहँदै पनि २० वर्ष नपुग्दै केटाकेटी भागेर जाने प्रवृत्ति मौलाउँदै गएको कारण उनीहरुलाई बाल बिबाहको कारण हुने असहजता र बालबिबाह गर्दा हुने कठिनाईको बारेमा जानकारी दिनको लागि विद्यालय तहदेखि नै सचेतना अभियान सुरु गरिएको बताए ।
उनले विपन्नता र कक्षामा कमजोर भएका विद्यार्थी उमेर नपुगेकै अवस्थामा भागेर विबाह गर्नेको संख्या बृद्धि हुन थालेपछि वडा कार्यालयले सचेतना मुलक अभिमुखिकरण गर्न सुरु गरेको बताए ।
अभियानमा विद्यालयका विद्यार्थीलाई बाल बिबाहको कारण हुने शाररिक, मानसिक तथा अन्य असहजता र बालबिबाह गर्दा हुने कठिनाईको बारेमा जानकारी दिनको लागि विद्यालय तहदेखि नै सचेतना अभियान सुरु गरिएको मासका धु्रवबहादुर शाहले जानकारी दिए ।
उनले विपन्नता र कक्षामा कमजोर भएका विद्यार्थी उमेर नपुगेकै अवस्थामा भागेर विबाह गर्नेको संख्या बृद्धि हुन थालेपछि वडा कार्यालयले सचेतना मुलक अभिमुखिकरण गर्न सुरु गरेको बताए । बासका मन भण्डारीले सहजिकरण गरेको सो कार्यक्रममा बैजनाथ ६ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई बालविवाहविरुद्ध जानकारी गराइएको कार्यक्रममा सो वडाकी महिला तथा बालबालिका समितिकी संयोजक पुतलि हमाल लगायतले बालबिबाह न्यूनिकरणको लागि आफ्नो प्रबिद्धता व्यक्त गरेकी थिईन ।

प्रकाशित मिति : २०७६ जेठ ७ गते मंगलबार
ताजा समाचार