दाङका चार युवा हेलिकोप्टर बनाउँदै

२ बैशाख २०७६, सोमबार १७:५७
 

सदरलाइनडटकम,
दाङ : तुलसीपुर ४ घोरानेटी ४ जना युवाले हेलिकोप्टर बनाउन थालेका छन् । सानै उमेरदेखि हेलिकोप्टर बनाउने चाहना भएको भन्दै अहिले साथीसँग मिलेर काम सुरु गरेको निर्माणकर्ता सन्जु वलीले बताए । डेढ महिनादेखि बनाउन सुरु गरिएको हेलिकोप्टरको अहिले बडी अर्थात् बाहिरी भाग निर्माण हुँदैछ ।
स्थानीय कमल खड्का, ध्रुवविक्रम खड्का र तुलसीपुर ९ कट्कुइयाका ललित डाँगीले हेलिकोप्टरको नमुना तयार पारेका छन् । तुलसीपुर बजारदेखि झन्डै ६ किलोमिटर उत्तरतर्फ रहेको उक्त गाउँमा ४ युवा मिलेर हेलिकोप्टर बनाउन थालेपछि अहिले हेर्नका लागि त्यहाँ मानिसको दिनहुँ भीड लाग्ने गरेको छ । उक्त हेलिकोप्टरमा ४ जनासम्म बस्न मिल्ने बनाएको र अहिलेसम्म दुई लाखभन्दा बढी रकम खर्च भइसकेको भन्दै हाल रकमको अभाव हुन थालेको निर्माणमा समस्या भएको कमल खड्काले बताए ।
उनीहरूलाई उकरणहरू खरिद गर्नका लागि रकम अभाव हुन थालेपछि अहिले काम रोकिएको बताएका छन् । उनकाअनुसार अहिले इन्जिन र होइड्रोलिक पंखाको आवश्यकता परेको हुँदा यसमा सहयोग गरिदिन स्थानीय सरकारसँग माग गरिएको उनीहरूले बताए । हेलिकोप्टरको नाम भने अहिले छनोट गरिएको छैन भने प्राविधिकसम्वन्धी थुप्रै कुरा बाँकी रहेको उनीहरूको भनाइ छ ।
हेलिकोप्टर बनाउनु आफैँमा ठूलो चुनौती भएको भन्दै आफूहरूसँग शैक्षिक योग्यता नभए पनि यस भन्दा अघि आफूले विभिन्न उपकरण निर्माण गरेको बताउँदै तयार बनाएरै छाड्ने वलीको दाबी छ । उक्त हेलिकोप्टर तयार गर्न कम्तीमा पनि ६० देखि ७० लाख रकम लाग्ने अनुमान गरिएको छ ।

Next Post

प्रेमविवाह गरेकी युवतीको रहस्यमय मृत्यु

२ बैशाख २०७६, सोमबार १७:५७
सदरलाइनडटकम, नेपालगञ्ज : करीब ६ महिनाअघि प्रेमविवाह गरेकी एक युवतीको नेपालगञ्जमा रहस्यमय मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १२ भृकुटिनगर निवासी स्वस्तिका लिम्वु आइतवार घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग प्रेमविवाह गरेकी लिम्बुको श्रीमान्ले नै हत्या गरेको राँझामा रहेका माइती पक्षले आरोप लगाएको छ […]