मंगलवार ग्याल्बो ल्होछार पर्व मनाईंदै

सदरलाइन संवाददाता ९ फाल्गुन २०७९, मंगलवार १४:१७
 

नेपालगञ्ज : मंगलवार ग्याल्बो ल्होछार पर्व मनाईंदै छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने यो सांस्कृतिक पर्व विविध कार्यक्रम आयोजना गरी आज मनाईंदैछ । यस पर्वको अवसरमा सरकारले मंगलवार देशभरनै सार्वजनिक विदा दिएको छ

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होछारलाई विभाजन गरिएको छ ।


ग्याल्बो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समय क्रममा ग्याल्बो ल्होछार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाए । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले दिए ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वदेशी उत्पादनलाई पनि प्रहरीले पक्राउ गरि भन्सार बुझाउँदै गरेको खुलासा

९ फाल्गुन २०७९, मंगलवार १४:१७
नेपालगञ्ज : आफूले उत्पादन गरेको गहुँ, धान, तोरी लगायतका सामान सदरमुकाम नेपालगञ्ज ल्याएर बिक्री गर्न खोज्दा बाँके प्रहरीले कम्दी पुलबाट नियन्त्रणमा लिएर भन्सारलाई बुझाउने गरेको भन्दै नरैनापुरका स्थानीयले गुनासो छन् । सोमबार स्थानीय किसानहरु नरैनापुर गाँउपालिकामा पुगेपछि गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह संगै ति किसानहरु नेपालञ्ज आएर प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित