६ लाखसहित दाङमा आठ जुवाडे पक्राउ

११ कार्तिक २०७६, सोमबार १४:०९
 

सदरलाइनडटकम,
दाङ : दाङको लमही नगरपालिका–५ लमही बजारबाट ६ लाख ७८ हजार ५०० रुपैयाँसहित आठजना पक्राउ परेका छन् । उनीहरुलाई सोमवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
४८ वर्षीय रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमही–८ का ४१ वर्षीय प्रकाश खड्का, ५५ वर्षीय कर्णबहादुर बुढाथोकी, वडा नम्बर ३ का ५५ वर्षीय अमरबहादुर तामाङ, वडा नम्बर ६ का ५२ वर्षीय भिविराज किरात, ३४ वर्षीय खिम पुन, वडा नम्बर ५ का ५५ वर्षीय मुकेश चौधरी र सोही ठाउँका ४० वर्षीय अशोककुमार खड्का रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट १३ गड्डी नखोलेको तास, तीन गड्डी खोलेको तास, कौडा ३२ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाह बताए ।

Next Post

‘पन्ध्र मिनेटको अप्रेशनमा मर्यो बग्दादी’

११ कार्तिक २०७६, सोमबार १४:०९
सदरलाइनडटकम, काठमाण्डौ : इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादी मरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । अमेरिकी स्पेशल फोर्सले सिरियामा छापा मार्ने क्रममा इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफैंलाई मारेको उनले पुष्टि गरेका हुन् । ट्रम्पका अनुसार शनिवार हेलिकप्टर एक अज्ञात स्थानबाट […]