सदरलाइनडटकम,
काठमाण्डौ : आईसीसी यू–१९ विश्वकपका लागि एशिया छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली शनिवार मलेशिया प्रस्थान गरेको छ । मलेशियामा बुधवारदेखि हुने प्रतियोगितामा जान लागेको टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले बिदाइ गरे ।
नेपाली युवा टोली शनिवार दिउँसो सवा एक बजे मलेशिया एअरलाइन्समार्फत क्वालालम्पूर गएको हो । रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रविकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल छन् । प्रतियोगिताका लागि नेपाली टोलीले भारतको आन्ध्रप्रदेशमा गएर प्रशिक्षण गरेको थियो ।
