हुम्ला कारागारमा पुस्तकालय स्थापना

२३ चैत्र २०७५, शनिबार १४:५०
 

सदरलाइनडटकम,
हुम्ला : हुम्लामा रहेका कैदी बन्दीहरुको पढ्नका लागि पुस्तकालय स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयभित्र रहेको कारागार कार्यालयको नव निमार्णाधीन भवनमा पुस्तकालय स्थापना गरिएको हो । कैदी बन्दीहरुको जेल जीवनको समयलाई ज्ञानमूलक अध्यायनका लागि कर्णाली प्रदेश प्रहरीको पहलमा हुम्लामा पनि पुस्ताकालय स्थापना गएिको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
पुस्तालयका लागि २ सय २० वटा पुस्तक संकलन गरिएको छ । कर्णाली प्रदेशका सबै जिल्लाभित्र पुस्तक अभियानमार्फत पुस्तक र पत्रिकाहरुलाई संकलन गरी राखिने जेलर डवले रावतले बताए । पुस्तकालय स्थापनाका लागि जिल्लाका स्थानीय लेखक, पत्रकारहरुले पनि पुस्तक हस्तान्तरण गरेका थिए । हुम्लाश्री आचलीका सम्पादक कर्ण रोकायाले १० वटा पुस्तक, लेखक तथा शिक्षक मधु बस्नेतले ३ वटा पुस्तक उपलब्ध गराएका थिए ।
पुस्तक अध्ययनले कैदी बन्दीहरुले ज्ञान हासिल गरी समाजमा पुनस्र्थापना हुँदा सकरात्मक सोंचको विकास गरेर जाने उद्देश्यले कर्णाली प्रदेश प्रहरीले पुस्तक अभियान चलाएर कारागारहरुमा पुस्तकालय स्थापना गरेको छ । ‘कारागारलाई किताब’ अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरीले प्रदेशमा रहेका सबै कारागारमा पुस्ताकालय स्थापना गरिएको अभियानका प्रमुख अभियन्ता प्रसिद्ध आख्यानकार तथा कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले बताए ।

Next Post

कञ्चनपुर क्षेत्रमा गिद्धको संख्या बढ्दै

२३ चैत्र २०७५, शनिबार १४:५०
सदरलाइनडटकम, कञ्चनपुर : प्रकृतिको कुचिकारका रुपमा चिनिने अति संकटापन्न अवस्थामा रहेका गिद्धको संख्या बढ्दै गएको छ । स्थानीय बासिन्दामा गिद्ध जोगाउनु पर्ने जनचेतना बढेसंँगै गिद्धको संख्या बढ्दै गएको हो । बासस्थानको सुरक्षा हुन थालेपछि गिद्धले सहजरुपमा बस्ती नजिकैका क्षेत्रमा गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् । नेपाल पंक्षी संरक्षण संघका […]