मोहम्मद डे को जुलुसका दौरान करेन्ट लागेर ४ को मृत्यु

सदरलाइन संवाददाता २३ आश्विन २०७९, आईतवार १४:१८
 

नेपालगञ्ज : इस्लाम धर्मका प्रवक्ता एवम् अल्लाहका अन्तिम दूत हजरत मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको शुभ जन्मोत्सवको अवसर निकालिएको जुलुसका दौरान करेन्ट लागेर चार जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतको बहराइच जिल्लाको कोतवाली नानपारा क्षेत्रअन्तर्गत मासूपुर गाउँमा आइतवार निकालिएको जुलुसको दौरान करेन्ट लागेर ४ जनाको मृत्यु भएको हो ।


आइतबार बिहान निकालिएको जुलुसमा झन्डाको पाइप विद्युत लाईनको ११ हजार भोल्टको तारमा लाग्दा सो घटना भएको हो । घटनामा तीन बालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएको बताइएको छ ।

घाइते दुबै जनालाई उपचारका लागि बहराईच मेडिकल कालेज रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा २ सयभन्दा बढी घर डुबानमा

२३ आश्विन २०७९, आईतवार १४:१८
बर्दिया : तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न छन् । अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । […]