मुगुको मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या

सदरलाइन संवाददाता १० कार्तिक २०८०, शुक्रबार १५:१३
 

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरिएको छ ।

उनका अनुसार २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय रहर बोहराको हत्या गरिएको छ । हत्या कसले गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।


प्रहरी प्रमुख थापाले भने, “श्रीदेवी बोहराका श्रीमान वैदेशिक रोजगारीका लागि बिदेशको कतारमा रहनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिका – ६ मुन्दु गाउँकी स्थानीय धर्मी बोहराका अनुसार ८ गते बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर उहाँहरु घर आएका थिए । हत्या गर्ने हत्याराले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोटरसाइकल ठोक्किँदा बाँकेमा एकजनाको मृत्यु

१० कार्तिक २०८०, शुक्रबार १५:१३
नेपालगञ्ज : रोकी राखेको ट्रयाक्टरमा जोडिएको थ्रेशरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्रयाक्टरमा जडित धानको थ्रेशरमा भे ९ प ६०१ नम्बरको मोटरसाइकल बिहीवार राती ठोक्किँदा चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ त्रिभुवन चोकका विनोदकुमार […]