सदरलाइनडटकम,
नेपालगञ्ज : संविधान दिवसको अवसर पारेर नेपालगञ्जमा साइकल यात्रा गरिएको छ । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा बुधवार बिहान ७ बजे धम्बोझी चोकबाट शुरु भएको साइकल यात्राले नेपालगञ्ज नगर परिक्रमा गरेको हो ।
नातावाद, पार्टीवाद र पद प्रतिष्ठाभन्दा देशको संविधान तथा कानुनमाथि रहेकोले संविधान र कानुनभित्र रहनुपर्ने सन्देश दिन साईकल यात्रा गरिएको क्लबका सचिव गगन थापाले बताए । न्यायका लागि कसैले सडकमा उत्रनु नपरोस् र सबैलाई न्याय मिलोस् भन्ने उद्देश्यले संविधान दिवसका अवसरमा साइकल यात्रा आयोजना गरिएको नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।
साइकल यात्राले वातावरण संरक्षण र इन्धनको खपत कम गरी हरियाली शहर अभियानलाई समेत टेवा पुर्याउने क्लबले जनाएको छ ।

