तक्षशिलामा स्मार्ट बोर्डमार्फत अध्यापन गराईंदै

सदरलाइन संवाददाता ३० मंसिर २०८०, शनिबार १४:५०
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा क्षेत्रमा सञ्चालनमा आएको तक्षशिला एकेडेमी बाँकेले बिद्यार्थीहरुलाई स्मार्ट बोर्डका माध्यमबाट अध्यापन गराउँदै आएको छ । तक्षशिला एकेडेमी बाँकेमा अध्यायन गर्ने बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नदिएर उनीहरुलाई ब्यवहारिक ज्ञानमा बढि जोडदिँदै आएको बिद्यालयले जानएको छ ।

तक्षशिला एकेडेमी बाँकेका सञ्चालक समितिका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले उपत्यका बाहिरको सुबिधा सम्पन्न बिद्यालयको रुपमा स्थापित गर्दै लगिएको बताए । बिद्यालयमा कुन शिक्षक शिक्षिकाले कसरी पढाइरहेका छन् भने सिसिटिभी मार्फत मोनिटरिङ गरिँदै आएको बताइएको छ । सुरक्षाको हिसाबले समेत यो सिसिटिभी प्रभाबकारी हुँदै आएको बताइएको छ ।

स्मार्ट बोर्डका माध्यमबाट बिद्याथीहरुलाई पढाउदा चक र डस्टर प्रयोग नहुने हुदा शिक्षकहरुलाई समेत सजिलो हुनुका साथै धुलोबाट जोगिने हुँदा स्वास्थ्यलाई समेत फाइदा भएको शिक्षकहरुको भनाइ रहेको छ ।


स्मार्ट बोर्डका माध्यमबाट बिद्यार्थीहरु खेल्दै सिक्दै रमाउँदै पढने गर्दछन् जसकारण बिद्यार्थीहरुले आफुले देखेको कुरालाई लामो समयसम्म स्मरण गर्न सक्ने हुँदा यो निकै प्रभबकारी भएको शिक्षक किरण सुबेदीले बताए ।

तक्षशिला एकेडेमी बाँकेका बिद्यार्थीहरु बिभिन्न अरिक्ति क्रियाकलापमा रामो्र स्थान ल्याउदै आएका छ भने यता बिद्यालयको उपयुक्त खेलमैदान हुनुका साथै बिद्यालयमा बिद्यार्थीहरुलाई शुद्ध खानेपानीको ब्यवस्थापन गरिएको छ । बिद्यालयको सुबिधा सम्पन भवन र अभिभाबकहरुको लागि अभिभावक प्रतिक्षलयको समेत ब्यवस्था छ ।

बिद्यालयको प्रमुख बिशेषता भने प्रयोगात्मक सिपलाई जोड दिँदै बिद्यार्थीहरुलाई नैतिकवान बनाउनु र शान्त बातावरणमा अध्ययन गराउनु नै पहिलो बिशेषता र भएको बिद्यालयले जनाएको छ । कोहलपुर क्षेत्रमा यो नमुना बिद्यालयको रुपमा स्थापित भएको छ । अहिले अभिभाबक र बिद्याथीहरुको पहिलो रोजाइ बन्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा आनन्द उत्सव समापन

३० मंसिर २०८०, शनिबार १४:५०
नेपालगञ्ज : कोहलपुरमा आनन्द उत्सव कार्यक्रम समापन गरिएको छ । ६ दिनसम्म सञ्चालन गरिएको आनंद उत्सव शनिवार समापन गरिएको हो । २० गतेदेखि कोहलपुरमा सञ्चालन गरिएको आनंद उत्सवमा कूल २२ जना सहभागिता जनाएका थिए । दआर्ट अफ लिभिङद्धारा उक्त आनंद उत्सव कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक ऋषि सापकोटाले बताएका छन् ।

सम्बन्धित