तातो र चिसो हावाको वितण्डा, २७ को मृत्यु

१८ चैत्र २०७५, सोमबार १८:४०
 

सदरलाइनडटकम,
काठमाण्डौ : बारा र पर्सामा हावाहुरीको वितण्डा मच्चिनुमा बंगलाबाट आएको तातो र भूमध्यसागरको चिसो हावाको मिलन मुख्य कारण रहेको विज्ञहरूले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दुई तिरबाट आएका चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा वितण्डा मच्चिएको हो ।
‘भू–मध्य सागरबाट आएको पश्चिमी वायुको प्रणाली पोखरा हुँदै दक्षिणपूर्व गइहरेको थियो भने बंगालको खाडी र अरेबियन सागरबाट आएको प्रणाली भारतबाट उत्तरपूर्व गइरहेको थियो,’ अर्यालले भने,‘यी दुई प्रणाली बाराको आकाशमा एकअर्कामा भेट भयो ।’ पश्चिमी वायुको प्रणाली जमिनको सतहदेखि तीन किलोमिटर माथिबाट बहन्छ । यो प्रणाली निकै चिसो हुन्छ ।
बंगालको खाडी र अरेबियन सागरबाट आउने प्रणाली जमिनबाट १ देखि डेढ किलोमिटर माथिबाट जान्छ । पर्याप्त जलवाष्पसहित आउने यो प्रणाली पश्चिमी वायूभन्दा तातो हुन्छ । आइतवार साँझ बारामा प्रतिसेकेन्ड ३५ मिटरको गतिमा हावा चलेको थियो । महाशाखाले यस्तो हुरीको पूर्वामानुमान गर्न सकेको थिएन । हावाहुरीबाट बारा र पर्सामा २७ जनाको मृत्यु भएको छ भने ३ सय ७५ जना घाइते भएका छन् ।

Next Post

चट्याङ लागेर एकको मृत्यु, ६ घाइते

१८ चैत्र २०७५, सोमबार १८:४०
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : छुट्टाछुट्टै स्थानमा परेको चट्याङले एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रोल्पाको माडी गाउँपालिका ५ सरी बस्ने २७ वर्षीया ज्योति परियारको चट्याङ लागेर सोमवार राति मृत्यु भएको छ । सोही ठाउँमा बस्ने अन्दाजी २६ वर्षीय रोशन परियारको घरमा खाना खाने क्रममा […]