डा.योगी बाँकेका पत्रकारहरुका लागि कोरोना परामर्शकर्ता

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार १४:५१
 


नेपालगञ्ज  :  कोरोना संक्रमणको कहरबाट स्वास्थ्य समस्यामा परेका बाँकेका पत्रकारका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले उपचार तथा परामर्शका लागि डा.सुभाष योगीलाई परामर्शदाता नियुक्त गरेको छ ।

सोमवार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र फिजिसियन तथा फोक्सो रोग बिशेषज्ञ डा. योगीबीच सो विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार डा. योगीले बाँकेका पत्रकारहरुलाई निःशुल्क परामर्श दिने छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहरले चारैतिर आक्रान्त पारेको छ । कोरोनाबाट नेपालमै बाँके जिल्ला बढी प्रभावित बनिरहेको छ । यसै परिपेक्षलाई मध्यनजर गर्दै बाँकेका पत्रकारको स्वास्थ्य सुरक्षाको ख्याल राख्नु पत्रकार महासंघ बाँकेले आफ्नो जिम्मेवारी र कर्तव्य ठानेकोे अध्यक्ष भण्डारीले बताए ।


सोही जिम्मेवारी निर्वाह गर्ने क्रममा पत्रकार महासंघ बाँकेले नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन÷फोक्सो रोग बिशेषज्ञ डा. योगीलाई कोरोना अवधिभर निःशुल्क परामर्शदाता नियुक्त गरेको हो । कोही पत्रकार कोरोना लागेर बिरामी भएमा महासंघद्वारा डा.योगीलाई साथमा लिएर घरमै गइ स्वास्थ्य चेकजाँच गरी सेवा दिने सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भण्डारीद्वारा मास्क र सेनिटाईजर प्रदान

२७ बैशाख २०७८, सोमबार १४:५१
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणकाबीच बर्दियाका तरुण नेता एबम नेपाल डिष्टिलरिज प्रालि रिजनल म्यानेजर विवेकराज भण्डारीले माक्स र सेनिटाइजर हस्तान्तरण गरेकाक छन् । भण्डारीले जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगञ्ज र नेपाल पत्रकार महासंघ बाँके शाखालाई उक्त माक्स र सेनिटाइजर प्रदान गरेका हुन् । तरुण नेता भण्डारीले जिल्ला […]