सिताएयरको जाहाज बदेलसंग ठोकियो

सदरलाइन संवाददाता १६ कार्तिक २०७८, मंगलवार ०९:२३
 


नेपालगञ्ज :  सीता एयरको जहाज मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको 9N– AHB  कल साईनको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज ३ वटा बँदेलका पाठासँग ठोक्किएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । जाहाजसंग ठोक्किएका बदेलका ३ वटै पाठा मरेका छन ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । १४ यात्रु ३ चालकदलका सदस्य सहित र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल पर्नुको साथै नोजल गरिएर भाँचिएको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनवन्तरी जयन्ती तथा आरोग्य दिवस मनाईयो

१६ कार्तिक २०७८, मंगलवार ०९:२३
नेपालगञ्ज : आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा मंगलबार देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ । बाँके अयुर्वेद स्वास्थ्य केन्द्रको नेपालगञ्जको आयोजनामा बाँकेमा पनि आयुर्वेद विकासको आधार जनशक्ति विकास र पूर्वाधार भन्ने मूलनाराका साथ धनवन्तरी जयन्ती मनाईएको हो । सो अवसरमा आयुर्वेद चिकित्सक संघ बाँकेका अध्यक्ष डा. सन्तोश […]