२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नेपालगञ्जको बागेश्वरी मन्दिरमा जिब्रो छेडियो



सदरलाइनडटकम,
नेपालगञ्ज : चैतेदशैको राम नवमीका दिनमा नेपालगन्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने परम्परा चलिआएको छ ।
चैतेदशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलि आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दीरका पुरोहित हरिहरनाथ योगीले जानकारी दिए ।
उनले मेरो यो काम पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि जिब्रो छेड्ने गरिन्छ तर, भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुराहरुको हुनु प¥यो अरुलाई हानी हुने खालको भाकल भने पुरा हुनै नसक्ने बताए ।
उनले नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे जानकारी दिए ।
बर्दिया गिजराका ७५ वर्षिय खेलावन महावतले जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरेका छन् । उनले आफ्नो परिवारको सुरक्षा तथा यश मोक्षको लागि आफु सानै उमेरदेखि निरन्तर चैतेदशैको रामनवमीमा ब्रत बसेर जिब्रो छेडेको बताए ।
नेपालगन्जको बागेश्वरी मन्दीरमा बडा दशै र चैतेदशैमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता छ । 

प्रकाशित मिति : २०७५ चैत ३० गते शनिबार
ताजा समाचार