२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

नरैनापुरद्वारा प्राविधिक शिक्षालयको माग



सदरलाइनडटकम,
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाको विकासका लागि संघीय र प्रदेश मन्त्रालयहरुमा पुगेर ध्यानाकर्षण गराइरहेको डेलिगेशन टोलीले शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर नरैनापुरमा प्राविधिक शिक्षालय स्थापना गर्न माग गरेको छ ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह नेतृत्वको टोलीले मन्त्री पोखरेलसंग प्राविधिक शिक्षालय स्थापनाको माग गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।
पूर्व उपसभामुख एवम् संघीय सांसद् पुर्णा कुमारी सुवेदी, बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथक, क्षेत्र प्रदेश सभा सदस्य कृष्णा केसी नमुनासहित पुगेको डेलिगेशन टोली समक्ष मन्त्री पोखरेलले एउटा पनि प्राविधिक शिक्षालय नभएको स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने मन्त्रालयको नीति रहेकाले नरैनापुरलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको बस्नेतले बताए ।

प्रकाशित मिति : २०७५ चैत २२ गते शुक्रबार
ताजा समाचार