सदरलाइनडटकम,
नेपालगञ्ज : महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी शनिवारदेखि नेपालगञ्जमा शुरु भएको छ । महिला उद्यमी संघ बाँकेको आयोजनामा शुरु भएको मेला चैत १२ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष सुशीला गौतमले जानकारी दिइन् ।
मेलाको उद्घाटनमा चारजना उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरिएको छ । मनकामना टायल,स्टोन तथा झ्याल ढोका उद्योगका मिना सिग्देल, लुम्बिनी गारमेन्टका काली मिया, पंचशिल हस्तकला केन्द्रका निरु चौधरी र अगुवा महिला उद्यमी आशा सार्कीलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा लगायतले सम्मान गरेका थिए ।
