नेपालगञ्जका २३ वटै वडामा एमालेको घरदैलो अभियान तिव्र

सदरलाइन संवाददाता १८ बैशाख २०७९, आईतवार १६:०१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेले घरदैलो कार्यक्रम तिव्र पारेको छ । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम तिव्र पारेको हो ।

नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिकाले घरदैलोमा सक्रियाता देखाउँदै दैनिक विहानैदेखि राती अबेरसम्म नेपालगञ्ज मेयर, उपमेयर पदका उम्मेदवारदेखि वडा अध्यक्ष, वडा सदस्यको टिम सहित जनता कैै घरदैलोमा व्यस्त हुन थालेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा वडा, गाउँ गाउँ, टोल टोलमा नेकपा एमालेका नेपालगञ्ज मेयर पद्का प्रत्याशी पशुपति दयाल मिश्र, उपमेयर पदका प्रत्याशीदेखि वडा अध्यक्ष, वडा सदस्यको टिम एमालेलाई जिताउन स्थानियवासीसंग दैनिक प्रत्यक्ष भेटघाट गर्दै घरदैलोमा व्यस्त देखिन थालेका हुन् ।
नेपालगन्ज एमालेमय बन्दै गएको छ ।


एमालेको जोस जागर देखेर र एमालेको क्रेज देखेर बिभिन्न दलका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेलाइ रोज्न थाली सकेका छन् । घरदैलोले नेपालगञ्जवासीमा एमालेप्रति सकारात्मक प्रभाव पार्दै नेपालञ्न्जवासी मेरो वडा म जिताउँछु, हाम्रो पालिका हामि जिताउँछौ भन्ने अभियानका साथ घरदैलोमा जुटिसकेका छन् ।

नेपालगञ्जका २३ सै वटा वडा बिजय गराउन नेकपा एमालेका नेता तथा कार्यकर्ता जनतासंग प्रत्यक्ष भेटघाट तथा घरदैलो तथा अभियानमा व्यस्त हुन थालेका हुन् । नेकपा एमालेको सक्रियता देखेर नेपालगञ्जका जनतासमेत घरदैलोमा जुटिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह बढुवा, यस्तो छ कमाण्ड अनुभव

१८ बैशाख २०७९, आईतवार १६:०१
नेपालगञ्ज :  नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य […]