कञ्चनपुरमा एक वरिष्ठ सई मृत फेला

सदरलाइन संवाददाता २२ फाल्गुन २०७९, सोमबार १२:५८
 

नेपालगञ्ज : कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१५ शारदा टोलकोमा आफ्नै घरमा वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण चन्द मृत अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले बताएको छ ।

उनी आइतबार राति मृत फेला परेका हुन् । चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए ।


उनी कार्यरत कार्यालयका एक अधिकारीका अनुसार चन्द राति घरमै झुन्डिएको अवस्थामा शव फेला परेको थियो । मृत्युको कारण भने खुल्न सकेको छैन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका १५ जना व्यवसायी तथा उद्यमी महिलालाई सम्मान

२२ फाल्गुन २०७९, सोमबार १२:५८
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा व्यवसायी तथा उद्यमी महिलालाई सम्मान गरेको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा बालकल्याण उपशाखा÷मुल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा १५ जनालाई सम्मानित गरिएको हो । सबै वडाबाट एक–एक जना व्यवसायीलाई सम्मान गरिएको बालबालिका तथा समाज कल्याण उपशाखाकी महिका […]