एराप्रपा र फोरम लोकतान्त्रिकको संयुक्त उम्मेदवार श्रेष्ठ

११ जेष्ठ २०७४, बिहीबार १८:१२
 

सदरलाइनडटकम 
११ जेठ, नेपालगन्ज : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच नेपालगन्ज उप–महानगरपालिका–१० मा गठबन्धन गरी चुनाव लड्ने भएको छ ।
सो वडामा वडा अध्यक्षमा एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य उदयबहादुर सिंह श्रेष्ठलाई संयुक्त उम्मेदवार बनाउनेमा सहमती भएको जनाईएको छ । एकीकृत राप्रपा राष्ट्रवादीका बाँके जिल्ला अध्यक्ष कृष्णप्रसाद खरेल र मधेशी जनअधिकार फोरम
(लोकतान्त्रिक) बाँकेका जिल्ला अध्यक्ष फुलाराम चौधरीले सहमती पत्रमा संयुक्त हस्ताक्षर गरी वडा नं. १० मा वडा अध्यक्ष उम्मेदवार श्रेष्ठलाई जिताउनको लागि हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका हुन् ।
२ हजार ६ सय ८८ मतदाता रहेको वडा नं. १० मा मधेश समुदायको बाक्लो उपस्थिति रहनुका साथै जनजाति समुदायको समेत बाक्लो उपस्थिति रहेको छ । बिहिबार एक औपचारिक कार्यक्रम गरी दुबै पार्टीका अध्यक्षद्वयले वडा अध्यक्षका
उम्मेदवार बनाएसँगै श्रेष्ठ आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन् ।
संयुक्त गठबन्धनबाट दुई हात जोडेको नमस्कार चुनाव चिन्ह पाएका श्रेष्ठ निर्वाचन जितेपछि समग्र वडा नं. १० का वडाबासीको हकहितमा कार्य गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माईनुट बोकेर काँग्रेसका क्षेत्रीय सभापति छ दिनदेखि बेपत्ता

११ जेष्ठ २०७४, बिहीबार १८:१२
सदरलाइनडटकम   ११ जेठ, नेपालगन्ज : नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का पार्टी सभापति माधवराम खत्री, ढकालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा आफ्नो पक्षकालाई उम्मेदवार बनाउन नसक्ने अवस्था आएपछि पार्टी बैठकको माईनुट नै बोकेर बिगत छ दिनदेखि बेपत्ता भएका छन् । नेपाली काँग्रेस बाँके निर्वाचन क्षेत्र […]