होलीमा आँखा बचाएर रंग खेल्न चिकित्सकको सुझाव

५ चैत्र २०७५, मंगलवार २३:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : रंग र उमंगको पर्वको रुपमा रहेको होली पर्वमा प्रयोग गरिने रंगका कारण आँखामा जटिल समस्या आउन सक्ने भएकोले आँखा जोगाएर पर्व मनाउन आँखा चिकित्सकले सुझाव दिएका छन् ।
नेपालगञ्जका आँखारोग विषेशज्ञ डा प्रचण्ड गौतमले रंग र अविर उत्पादन गर्ने उद्योगले आफ्नो फाईदाको लागि रंगमा पाउडर ग्लास, मेटलडस्ट, लेड अक्साईड, कपर सल्फाईड जस्ता विभिन्न प्रकारका रसायन मिसाईने र ती बस्तुहरु आँखाको स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुने भएकोले रंग खेल्दा आँखा बचाएर खेल्ने सुझाव दिएका हुन ।
डा.गौतमले भने–‘आँखा अत्यन्तै सम्बेदनशिल भएकोले आँखा बचाएर पर्व मनाउन आग्रह गर्दछु । आँखामा आविर वा रंग परेमा आँखा नमिच्ने, अाँखा सफा पानीले धुने र नजिकको आँखा उपचार केन्द्रमा जानलाई सुझाव छ ।’
उनले बजारमा पाईने रंगमा टल्किने बस्तु हालेको वा रंगमा अन्य सामाग्री मिसाएर प्रयोग नगर्न समेत सुझाव दिए । उनले अविर र रंगका कारण आँखामा ईन्फेक्सन हुने, रातो हुने र चिलाउने, हेर्न कठिन हुने जस्ता कारणले आँखा प्रभावित हुदै अन्धोपनसम्म हुनसक्ने चेतावनीे दिए ।
हिन्दू समुदायमा खुसी र उमंगको पर्वको रुपमा मनाईने होलीपर्व एकआपसमा रंग अविर दलेर मनाउने चलन रहेको छ । नेपालमा पहाड र तराई गरी दुई दिनसम्म मनाईने प्रचलन रहेपनि मिश्रित बस्तीको रुपमा रहेको नेपालगन्जमा दुबै दिन होली खेल्ने प्रचलन रहेको छ ।
यसैबीच नेपालगन्जका विभिन्न क्याम्पसहरुमा मंगलबार होली मिलन कार्यक्रम गर्दै होली मनाएका छन् । विभिन्न क्याम्पस अगाडि क्याम्पसको पोषाक मै उनीहरु एक आपसमा रंग लगाएर होली मनाएका देखिन्थे ।

Next Post

नक्कली रुपैयाँको कारोबार गर्ने दुई जना पक्राउ

५ चैत्र २०७५, मंगलवार २३:३७
सदरलाइनडटकम, काठमाण्डौ : नक्कली नोटको कारोबार गर्ने दुई जनालाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुंगा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको प्रहरीले बताएको छ । विशेष सूचनाको […]