तीजका अवसरमा दर खाएर रमाइलो गरिँदै

२६ भाद्र २०७५, मंगलवार १७:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन मंगलवार विभिन्न मीठा–मीठा परिकारका साथ दर खाईंदैछ । तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज शुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाई, फलफुललगायतका मीठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने भएकोले उर्जाको आवश्यता पर्ने हुँदा पौष्टिक खानेकुरा खाने गरिन्छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक हुन्छ । कुनै ठाउँमा साँझपख अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यराति दर खाने गरिन्छ ।
विगत केही वर्ष पहिला तीजको अघिल्लो दिन मात्र खाइने दर केही वर्षदेखि एक दुई महिनाअघिदेखि नै खाने प्रचलन बढ्दै गएको छ । बाँकेलगायत देशभरिनै यस्तो प्रचलना बढ्दै गएको हो । अहिले अर्काको देखासिकी गर्दै खुवाउने प्रवृत्ति बढ्दै गएपनि विभिन्न संघसंस्थाले आयोजना गर्ने दर कार्यक्रमले महिलाबीच जमघटको अवसर मिलेको छ । तीजमा धनी वर्गभन्दा गरीब वर्गलाई देखावटीका कारण समस्या हुने गरेको सम्बद्धहरु बताउँछन् ।
तीजअघिनै दर खानुमा राम्रो या नराम्रो दुवै पक्ष रहेकोले एकदुई महिनाअघिदेखि दर खानुभन्दा पनि एक हप्ता अगाडीदेखि खानु राम्रो हुने जानकारहरुको भनाई छ । अहिले व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा दर खाने प्रचलन बढ्दै गइरहेको छ । तीजका बेला आफ्ना संघठनका सेवाग्राहीलाई भेला गराएर थुप्रै सहकारी, राजनीतिक दललगायतले दर खाने कार्यक्रम आयोजना गर्दै आएका छन् ।
विभिन्न संघसंस्थाले दर खुवाउँदा त्यसले नकारात्मक असर नगर्ला भन्न सकिन्न । कतिपय अवस्थामा भने दरकै कारण सयौंँ मानिस बिरामी परेका छन् । गत शनिवार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा यस्तै एउटा घटना भयो । नगरको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको दर कार्यक्रममा विषाक्त खाना खाँदा पाँच सयभन्दा बढी मानिस बिरामी परेका छन् । त्यस घटना केही व्यक्ति अहिलेपनि उपचारकै क्रममा छन् ।

Next Post

भगवान शिवको उपासना गरी बुधवार तीज मनाईंदै

२६ भाद्र २०७५, मंगलवार १७:५६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली महिलाहरुको महान चाड हरितालिका तीज बुधवार नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । नेपालगञ्जको बागेश्वरी मन्दिर, काठमाण्डौको पशुपतिनाथ, जनकपुरको जलेश्वर महादेव, कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथबाबा मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन महिलाको घुईंचो लागेको छ । बागेश्वरी मन्दिरमा ब्रतालु महिलाहरुको विहानैदेखि भीड लागेको छ । नाचगान गर्दै रमाइलो […]

ताजा अपडेट