मानखोलको कटान नियन्त्रण बाम उम्मेदवारको प्राथमिकतामा

२७ कार्तिक २०७४, सोमबार १८:५८
 

सदरलाइनडटकम   
२७ कात्तिक, नेपालगन्ज  : बाँके निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधीसभा र प्रदेश १ र २ मा बामगठबन्धनका उम्मेदवारहरुले आफ्नो प्रचार अभियानलाई तीब्र बनाएका छन् । दैनिक घरदैलो र विभिन्न कोण सभालाई सम्बोधन गर्दै उनीहरुले स्थानीय समस्यालाई समाधानको पहल गर्ने आफ्नो पहिलो प्राथामिकतामा पर्ने प्रतिबद्धता समेत गरेका छन् । उनीहरुले मानखोलाको कटान नियन्त्रण आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताए ।
बैजनाथ गाउँपालिकाको टिटिहिरियामा सोमबार भएको कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभाका उम्मेदवार आईपी खरेलले मानखोला कटान नियन्त्रण गरी मानवबस्ती र खेतीयोग्य जमिन जोगाउने कार्यलाई पहिलो प्राथमिकता दिइने बताए ।
प्रतिनिधीसभा उम्मेदवार रोकायले मानेखालाले आफनो निर्वाचन क्षेत्रका अधिकाँश क्षेत्रमा असर पारेको बताउदै दीर्घकालिन समाधानका लागि समाधान खोजिने बताए । उनले सडक, पुल लगायत भौतिक विकासका लागि विशेष कार्ययोजना सहित काम गरिने बताए ।
प्रदेशसभाका उम्मेदवार आईपी खरेलले मानखोलाको कटान दीर्घकालिन समाधानका लागि पक्कि तटबन्धन निर्माणलाई अगाडी सारिने बताए ।
उनले कृषिमा आधुनिकीकरणसँगै सिँचाई सुविधालाई पनि प्राथमिकता दिइएको बताए । रोकाय र खरेलले चाँदनीचौक–सोनपुर सडक कालोपत्रेसहित स्तरउन्नती गर्ने, टिटिहिरियाबाट रनियापुर जोडने पक्कि पुल निर्माण गर्ने, मानखोला लिफट सिचाई योजना संचालन गर्ने, हस्नापुर–थपुवा जोडने जेठीनालामा दुबैतर्फ तटबन्ध, झिंगौरा बाँध निर्माण, विद्यालयका अधुरा भौतिक निर्माणका कामलाई पुर्णता दिइने प्रतिवद्धता जनाए । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक दलबहादुर सुनार, सहसंयोजक शालिकराम खडका, देबबहादुर रावत लगायतले टिटिहिरियाको विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे ।
यसैबीच बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा १२५ सदस्यीय युवा निर्वाचन परिचालन कमिटी गठन भएको छ । युवा संघका सचिवालय सदस्य दीपक जिएमको उपस्थितीमा भेला भएको हो । भेलाले बीरबहादुर बस्नेत संयोजक र सीता मल्ल सहसंयोजक सहित ८ वटा टोल कमिटी पनि गठन गरेको छ । क्षेत्र नम्बर ३ स्तरीय महिला भेला, मतदाता शिक्षा तथा राजनीतिक पशिक्षण समेत सोमबार खजुरामा सम्पन्न भएको उनीहरुको प्रचार सचिवालयले जनाएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी समस्या समाधान गर्नेलाई मात्र भोट दिने बाढी प्रभावित क्षेत्रका मतदाता

२७ कार्तिक २०७४, सोमबार १८:५८
सदरलाइनडटकम २७ कात्तिक, नेपालगन्ज : बाढीपीडित मतदाता कहाँ पुगेका संघीय समाजवादी फोरम नेपालबाट बाँके क्षेत्र नम्बर २ क का उम्मेदवार विजयबहादुर यादवलाई वर्षेनी हुने बाढीको समस्या समाधान गर्न आग्रह गरेका छन् । अन्य पार्टीका उम्मेदवार मतमाग्न बाढीपीडित कहाँ नपुगेको अवस्थामा होलिया ३ कटैयामा पुगेका यादवलाई आफूहरुको समस्याको स्थायी समाधान खोज्न […]