‘संविधान संसोधन नभएसम्म निर्वाचन असम्भव’

१५ चैत्र २०७३, मंगलवार १८:५२
 

सदरलाइनडटकम  
१५ चैत, नेपालगन्ज : तमलोपाका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले संविधान संशोधन नभएसम्म निर्वाचनका कुनैपनि गतिवधि सञ्चालन गर्न नदिने बताएका छन् । अवधी पत्रकार संघले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले भने–‘मधेशी मोर्चाको मागलाई लत्याएर जाने हो भने कुनै संविधान संशोधन नगर्दासम्म मोर्चाले कुनै पनि निर्वाचन सम्बन्धित गतिविधि सञ्चालन गर्न दिदैन । सरकारको हरेक गतिविधिलाई अबरोध पु¥याउछौ ।’ उनले संविधान संशोधन नगर्दासम्म आन्दोलन चर्काउने बताए ।
नेता त्रिपाठीले सीमांकन सहितको संशोधन बिना संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा स्थानीयतहको निर्वाचनमा सहभागी नहुने स्पष्ट पार्दै भने–‘ सरकारले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, सिमाङ्कन लगायतका माग सम्बोधन गरे मात्र चुनावमा भाग लिने बाताबरण बन्ने छ ।’उनले यथास्थितिमा मोर्चाले के गर्ने निर्वाचनमा भाग लिने, बहिष्कार गर्ने, अवरोध वा प्रतिकार गर्ने त्यो सरकारको हातमा रहेको भन्दै बरिष्ठ उपाध्यक्ष त्रिपाठीले सरकारले मोर्चाका मागहरुमा गम्भीर नभए आन्दोलन गर्ने चेतावनी दिए ।
यसअघि उनले नेपालगन्जमा पूर्व सभासद सन्ध्या देवसहित विभिन्न पार्टीबाट ५० जनालाई तमलोपामा प्रवेश प्रवेश गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैङ्गिक हिसाबाट पीडित तथा प्रभावितहरुका लागि नेपालगन्जमा रक्तदान

१५ चैत्र २०७३, मंगलवार १८:५२
सपना विष्ट/सदरलाइन  १५ चैत, नेपालगन्ज : माईती नेपालको स्थापना दिवसको अवसर पारेर लैङ्गिक हिसाबाट पीडित तथा प्रभावितहरुका लागि नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ । माइती नेपालको २५ औं स्थापना दिवसको अवसरमा मंगलबार नेपालगन्जको भेरी अञ्चल अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त रञ्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो […]