सदरलाइनडटकम,
काठमाण्डौ : नक्कली नोटको कारोबार गर्ने दुई जनालाई काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका म्याग्दी बखरबोट बस्ने वर्ष ५२ का भीमबहादुर मल्ल र ओखलढुंगा दियालो घर भई हाल भक्तपुर बस्ने मानबहादुर सुवेदी रहेको प्रहरीले बताएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । मल्ल र सुवेदीले एक हजार रुपैयाँ दरका सक्कली नोटलाई रसायन प्रयोग गरी नक्कली नोट बनाएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट १२ बण्डल नक्कली नोटजस्तो देखिने कागजको बण्डल सात बट्टा, विभिन्न रसायन, नोट बनाउन प्रयोग गर्ने कैँची बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
Next Post
राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी
६ चैत्र २०७५, बुधबार १५:००
सम्बन्धित
-
६ जेष्ठ २०७५, आईतवार १४:४९
नेपालगन्ज आउँदै गरेको बस सल्लीबजारमा दुर्घटना
-
१० माघ २०७६, शुक्रबार १६:५५
ट्याक्टर दुर्घटना हुँदा दैलेखमा एकको मृत्यु, दुई घाइते
-
७ आश्विन २०७५, आईतवार ११:०२
अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या आरोपमा आमा पक्राउ
-
१७ पुष २०७८, शनिबार १३:२३
तुलसीपुरबाट ब्राउनसुगरसहित ५ जना पक्राउ
-
९ माघ २०७६, बिहीबार १८:२२
दाङमा ससुराले गरे बुहारीको हत्या
-
२७ भाद्र २०७५, बुधबार १७:५८
जघन्य अपराधमा फरार सात जना बाँके प्रहरीद्वारा पक्राउ