राउटे युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ

सदरलाइन संवाददाता २३ जेष्ठ २०७८, आईतवार १७:११
 

सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन् ।

राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएका थिए । उक्त भिडियो उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए । सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा राखेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत पक्ष हो,’ प्रजिअ रिजालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानुनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’


सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरुमाथि पछिल्लो पटक दुर्व्यवहार बढ्दै गएको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुर्व्यवहारको सिकार भइरहेको स्थानीय बताउँछन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज र काठमाण्डौमा रहेका हुम्लीद्वारा हुम्लाका स्वास्थ्य संस्थालाई पठाए स्वास्थ्य सामाग्री

२३ जेष्ठ २०७८, आईतवार १७:११
नेपालगञ्ज : बाँके र काठमाण्डौमा विभिन्न क्षेत्रमा क्रियाशिल रहेका १४ जना व्यक्तिहरुको सक्रियतामा हुम्ला जिल्लाका स्वास्थ्य संस्थाहरुका लागि २ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री पठाइएको छ । कोरोना भाईरसको नयाँ भेरिएन्टको संक्रमण हुम्लामा पनि फैलिएको कारण विकट हिमाली जिल्लाका स्वास्थ संस्थालाई कोरोना संक्रमणको रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री […]