नेपालगञ्ज : घरको छतबाट खसेर बाँकेमा एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नं. ३ मोतिपुरका २० बर्षीय रामसुरत राढको छतबाट खसेर मृत्यु भएको हो ।


आइतवार विहान आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका राढको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।