राप्तीसोनारीको सार्वजनिक सुनुवाई सम्पन्न

१२ पुष २०७५, बिहीबार १८:३२
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाले बिहीवार प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिका कार्यालय अगैयामा आयोजित सार्वजनिक सुनुवाईमा तीन वटा महत्वपुर्ण विषयमा प्रतिवद्धता ब्यक्त गरिएको थियो ।
सक्सेस फोरमको सहजीकरणमा गरिएको सार्वजनिक सुनुवाईमा गाउँपालिकाले अबको एक हप्ताभित्रमा गुनासो सुन्ने अधिकारी र सुझाव पेटिका गाउँपालिका कार्यालय र मातहतका वडा कार्यालयमा ब्यवस्थित गर्ने, बालमैत्री स्थानीय शासन लागु गर्ने प्रक्रिया अघि बढिसकेको अवस्थामा यसलाई चालु आर्थिक वर्ष २०७५/७६ भित्रै बालमैत्री स्थानीय शासन कार्यविधी–२०६८ अनुरुप बालमैत्री स्थानीय शासन कार्यक्रम गर्ने र चालु वर्षभित्र राप्तीसोनारी गाउँपालिका अगैयाकै सेरोफेरोमा चिल्ड्रेन पार्क बनाउने प्रतिवद्धता ब्यक्त गरिएको हो ।
कार्यक्रमका सहभागीले आफ्नो वडामा भएका विकास निर्माणका योजना, उपभोक्ता समिति गठन, बाटो, पुल निर्माण तथा गाउँपालिकाले बनाएका कानुन कार्यान्वयनका विषयमा जिज्ञासा राखेका थिए । यस्तै उनीहरुले गाउँपालिकामा रहेका कृषि, महिला बालबालिका, पशु, शिक्षा, स्वास्थ्य शाखाले दिने सेवा, सुविधाका विषयमा पनि जिज्ञासा थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन न्यौपाने, विषयगत शाखा कार्यालयका प्रमुखलगायतले जवाफ दिएका थिए ।



गाउँपालिका अध्यक्षले गत आर्थिक वर्ष र चालु वर्षको योजना तथा कार्यक्रमका बारेमा पनि सहभागीलाई जानकारी गराउनु भएको थियो । यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले गतवर्ष र चालु वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सार्वजनिक सुनुवाईमा वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओलीले शुभकामना मन्तब्य राखेका थिए । यस्तै वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

Next Post

फागुनमा महोत्सव आयोजना गर्दै नेपालगञ्ज उबा संघ

१२ पुष २०७५, बिहीबार १८:३२
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपालगञ्ज उद्योग बाणिज्य संघले आगामी फागुनमा प्रादेशिक महोत्सव–२०७५को आयोजना गर्ने भएको छ । संघले गत वर्ष आयोजना गरेको महोत्सवको हरहिसाव पारदर्शिता नै नगरी पुनः अर्को महोत्सव गर्ने घोषणा गरेको हो । नेपालगञ्जको सडक विभाग परिसरमा बहुसुविधाको सभा हल निर्माण गर्ने उद्देश्यले संघले मेला आयोजना गर्दै आएको छ […]