जाजरकोट–डोल्पा सडकखण्ड खुल्यो

२९ फाल्गुन २०७५, बुधबार १७:५०
 

सदरलाइनडटकम,
डोल्पा : पहिरोको कारण अवरुद्ध भएको जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ । डोल्पा र रुकुम पश्चिमको सिमामा पर्ने खदाङ्–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुईसाता पछि खुलेको हो । सडक खुलाउनका लागि त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो ।
सडक खुलेपछि यातायातका साधनहरु सञ्चालनमा आउनुका साथै निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको त्रिपुरासुन्दरी नगरपालिका ५ का स्थानीय जयकृष्ण उपाध्यायले बताए । यसअघि खदाङदेखि रुकुम पश्चिममा पर्ने गोतामकोटसम्म सिधा जीपसेवा सञ्चालन हुने भएपनि सडक अवरुद्ध भएका कारण गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

Next Post

सकियो नेपालगञ्जमा जारी प्रादेशिक महोत्सव

२९ फाल्गुन २०७५, बुधबार १७:५०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको ५१ औँ वर्षको अवसरमा फागुन १९ देखि २९ गतेसम्म सडक डिभिजन परिसर काँरकादोमा आयोजना गरिएको ‘प्रादेशिक महोत्सव–२०७५ नेपालगञ्ज, बाँके’ समापन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डीप्रसाद ढकालको प्रमुख आतिथ्यता र आयोजकसंघका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा सो महा्त्सवको समापन […]