सदरलाइनडटकम,
हेटौडा : भक्तपुरबाट हेटौँडाका लागि गएको बस मकवानपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मंगलवार भएको दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जन्ती बोकेको बस मकवानपुरको गढी गाउँपालिकाको चैनपुर भन्ने ठाउँमा दुर्घटनामा परेको हो । ना २ ख २२१७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसमा २८ जना सवार थिए । घाइतेलाई थप उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
मृतकको पहिचान खुलेको छैन । दुर्घटनाको उद्धारका लागि मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराई नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
Next Post
साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात
२८ फाल्गुन २०७५, मंगलवार १५:५९
सम्बन्धित
-
२३ जेष्ठ २०७५, बुधबार १३:५८
अटो दुर्घटनामा ४ जना घाइते
-
२९ आश्विन २०८०, सोमबार १३:५८
सुरक्षाका लागि नेपाल–भारतका सुरक्षाकर्मीबिच छलफल
-
६ भाद्र २०७८, आईतवार १६:३९
नेपालगञ्जको बीच सडकमै मेला
-
२५ श्रावण २०८१, शुक्रबार १७:३४
वनको संरक्षणको लागि विगतको दृष्टिकोण बदल्नु पर्नै एमाले महासचिव पोखरेलको सुझाव
-
८ जेष्ठ २०७८, शनिबार १९:२८
‘कोरोना संक्रमण र नियन्त्रणमा प्रदेश सरकारको विषेश चासो’
-
२४ भाद्र २०७९, शुक्रबार १३:२७
नेपाल मानव धर्म सेवा समितिले शनिबार रक्तदान गर्ने