कोरोना संक्रमितको संख्या ११ हजार पार

११ असार २०७७, बिहीबार १६:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बिहीवार थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३ सय ८६ पुरुष छन् । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

Next Post

नागरिकता विधेयकविरुद्ध जनमत पार्टी आन्दोलित

११ असार २०७७, बिहीबार १६:५३
सदरलाइनडटकम, नेपालगञ्ज : नागरिकता संशोधन बिधेयकबिरुद्ध आन्दोलनमा उत्रिएको जनमत पार्टी बाँकेले बिहीवार सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पार्टी कार्यालयबाट शुरु भएको र्याली परिक्रममा गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगी सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई ज्ञापनपत्र बझाएको हो । जनमत पार्टीका नेता इरफान अहमद शेषको अध्यक्षतामा निकालिएको र्यालीमा सहभागी […]