सिभिल बैंक तुलसीपुर शाखाले मनायो बार्षिकोत्सब

सदरलाइन संवाददाता १० मंसिर २०७९, शनिबार १४:३०
 

नेपालगञ्ज : सभिल बैंक तुलसीपुर शाखाले शनिबार आफ्नो १२औं स्थापना दिवस मनाएको छ । बैंकका शाखा प्रबन्धक मेघराज पौडेलको नेतृत्वमा कार्यालयमा स्थापना दिवस मनाइएको हो ।

यो शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को अमर माध्यामिक विद्यालय उरहरीमा कक्षा ९ मा अध्यनरत दिक्ष्या खत्रीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
विद्यालयककी गरिब तथा जेहेन्दार छात्रा खत्रीको पढाइमा सहयोग पुगोस भनेर उक्त छात्रबृत्ति प्रदान गरिएको वैंकका शाखा प्रबन्धक पौडेलले बताए ।


गत बर्षपनि सिभिल बैंकको शाखाले यस्तै गरिब तथा जेहेन्दर बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समानुपातिकमा एमालेको अग्रता कायमै

१० मंसिर २०७९, शनिबार १४:३०
नेपालगञ्ज : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले शनिवार बिहानसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ […]

सम्बन्धित