बाँकेमा फरार दुईजना प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता १५ कार्तिक २०७८, सोमबार १४:४०
 

नेपालगञ्ज : बाँकेमा फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बाल यौन दुराचार मुद्दामा फरार प्रतिवादी खजृुरा गाउँपालिका–३ मनकामनाका २३ वर्षका सुमन विश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विश्वकर्मालाई २०७६ मंसिर ३ गते जिल्ला अदालतले दोषी ठहर गर्दै ५ महिना ६ दिन कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार थिए ।


यस्तै ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी सोही ठाउँका २५ वर्षीय शतिष विकलाई प्रहरीले पक्राउ गरेको छ । विकलाई उच्च अदालत तुलसीपुर नेपालगञ्जको इजलाशले गत भदौं ३ गते १ वर्ष ३ महिना २४ दिन कैद सजाय तोकेको थियो ।

त्यसपछि उनी फरार थिए । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवैध पटकाले नेपालगञ्जमा जोखिम बढ्यो

१५ कार्तिक २०७८, सोमबार १४:४०
नेपालगञ्ज : खुला सीमानाकाका कारण भारतबाट भित्रिने असुरक्षित पटकाले नेपालगञ्जमा जोखिम बढाएको छ । पड्काउने वा बाल्ने क्रममा निस्कने रसायनले ध्वनि तथा वायु प्रदूषणलगायत पर्यावरणीय समस्यासँगै जनस्वास्थ्यमा पनि दूरगामी असर पर्ने विज्ञ बताउँछन् । उनीहरूका अनुसार ज्येष्ठ नागरिक एवं दीर्घरोगीको स्वास्थ्यका लागि बढी घातक हुन्छ । तिहार आउन लागेको संकेत […]