राष्ट्रिय बहिरा महासंघको साधारणसभा बुटवलमा शुरु

१ पुष २०७६, मंगलवार १६:२८
 

सदरलाइनडटकम,
बुटवल : राष्ट्रिय बहिरा महासंघ नेपालको २३ औं केन्द्रीय बार्षिक साधारण सभा बुटवलमा शुरु भएको छ । दुई दिनसम्म चल्ने साधारण सभाको मंगलवार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेश ५ अपाङ्ग मैत्री प्रदेशको रुपमासरकारले परिकल्पना गरेको जानकारी दिदै यसलाई यक्षरस पालना गर्नको लागि सरकार लागिपरेको बताए । सरकार अहिले सुुरुवाती अवस्थामा रहेको जानकारी दिदै सोचे अनुसारको अपाङ्गता, विशिष्ठ क्षमता भएका व्याक्तिहरुको लागि ठोस कार्य गर्न नसकीएको बताउँदै मन्त्री बरालले बाहिरोपना भएका नागरिकहरुको अधिकार सुनिश्चित हुने खालको योजना बनाई लागू गरिने प्रतिवद्धता जाहेर गरे ।
सरकारले अहिले सिमित स्रोत र साधानको बाबजुद पनि केही नमुना योग्य कार्यक्रमहरु ऋगाडी बढाइएको उनले जानकारी गराएका थिए । भैरहवामा रहेको बहिरा माध्यमिक विद्यालय, दाङ्ग जिल्लामारहेको बाहिरा विद्यालयलाई सहयोग गर्नुको साथै गत आर्थिक बर्षमा अन्य विभिन्न जिल्लाहरुमा रहेका बहिरोपना भएका व्याक्तिहरुको लागि प्रदेश सरकारले सहयोग गरेको मन्त्री बरालले जानकारी दिए । आगामी दिनमा सरकारले बहिरोपना भएका व्याक्तिहरुको व्याक्तित्व विकास, सूचता तथा सञ्चारको क्षेत्रमा काम गर्ने योजना बनाएको भन्दै उनले यसमा सबैकोसाथ र सहयोग आवश्यक रहेको बताए ।
अपाङ्गता भनेको कुनै पनि अपराध वा पुर्व जन्मको पाप नभएको भन्दै मन्त्री बरालले अपाङ्गता भएको एउटा विशिष्ठ क्षमता भएको बताएका थिए । उनले अपाङ्गता भएका व्याक्तिहरुमा रहेको विशिष्ठ क्षमतालाई प्रष्फुटन गरी उनीहरुको जीवनमा कायापलट ल्याउन सकिने र देश र विदेशमा समेत उनीहरुले नाम कामउन सक्ने बताएका थिए ।
राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वजल्यण्डबाट आएका डिडिएफका प्रतिनधिहरु जानमार्गस्टम, टोमस एड्र्शनलगायतले बोल्दै अपाङ्गताको क्षेत्रमा नेपालमा धेरै काम भएको सो को प्रतिफल कम भएकोले अव यसमा प्रतिफल बढाउनको लागि आफुहरु लागिपरेको बताएका थिए ।
साधारण सभाले खासगरी बहिरोपना भएका व्याक्तिहरुको हक अधिकार, उनीहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा लगायतका विषयमा व्यापक छलफल गरी बुटवल घोषणा पत्रसमेत जारी गरिने सांकेतिक भाषा दोभाषे संघका प्रतिनिधि यशोदा थापाले जानकारी दिईन् ।

Next Post

शीतलहरसँगै नेपालगञ्जमा चिसो बढ्यो

१ पुष २०७६, मंगलवार १६:२८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । मंगलवार बिहानदेखि बाक्लो हुस्सु लागेकोले अत्याधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन प्रभावित भएको छ । शीतलहरसँगै बढेको चिसोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, शिक्षकलगायत मजदुर बढी प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा […]

सम्बन्धित