बाँकेका दुई दर्जन युवाले लघु उद्यम शुरु गर्ने

२५ फाल्गुन २०७५, शनिबार १८:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : काम गर्ने सोंच बनाएका बाँकेका युवाले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने भएका छन् । नेपालगञ्जका बिभिन्न क्षेत्रका ती २१ जनाले आफैले लघु उद्यम गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले केही न केही व्यापार व्यवसाय गर्ने नेपालगञ्जमा सञ्चालित पाँच दिने लघु उद्यम विकास तालिमको शनिवार समापनका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन ।
काम नपाएर आर्थिकरुपमा सक्षम हुनका लागि केही गर्नुपर्ने भएकाले पनि आफुहरुले केही दिनमै आफ्नो क्षेत्रमा उद्यम सञ्चालन गर्ने बताए । तालिमका सहभागी कृष्ण शाहीले अरुकोमा गएर काम गर्नुभन्दा आफैले केही व्यवसाय गर्नु उत्तम हुने हुँदा केहिदिनभित्रै उद्यम शुरु गर्ने बताए । नेपालगञ्ज २१ पुरैनाकी मनिषा कुमारी मिश्राले आफुले व्यूटी पार्लर सञ्चालन गर्ने बताइन् । अहिलेको समयमा आफ्नो व्यवसाय गर्ने मानिस अगाडी बढ्न सकेको भन्दै उनले आफु सक्षम हुन सकेमात्र अगाडी बढ्न सकिने जिकिर गरिन् ।
सामाजिक बिकास मंच (एसडिएफ) बाँकेले युवाहरुमा प्रदान गरेको प्रेरणाले ती युवाहरु उद्यम गर्न सक्षम भएका हुन् । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा प्रमुख मनप्रसाद रेग्मीले सानो शुरुवातबाट नै सफलता मिल्ने बताए । अधिकांश मानिसहरु सानो व्यवासय, उद्यमबाट नै अहिले सफल बनेकोले अहिले युवाहरुले गरेर देखाउने समय आएको भन्दै उनले प्रेरित गरे । बिउ खानुभन्दा पनि फल खान अग्रसर हुनुपर्ने भन्दै शिक्षा प्रमुख रेग्मीले यसले व्यवसाय र व्यावसायीलाई उचाईमा पुयाउने उल्लेख गरे ।
पौरखी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरि तिमिल्सिनाले उद्यम व्यवसाय सञ्चालनमा सहकारीले सहयोग गर्न तयार रहेकाले युवाहरुले आँट र जागर देखाउनुपर्ने धारणा राखे । सेफ द चिल्ड्रेनको सहयोगमा (एसडिएफ)ले युवा सशक्तिकरण बुलगारी परियोजनाअन्तर्गत युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको अध्यक्ष बिष्णुप्रसाद ढकालले जानकारी दिए । बृजेश ठाकुर र सहजराम यादवले सहजीकरण गरेको तालिममा सेफ द चिल्ड्रेनका फुल कुमारी चौधरीले यस्तो सीपले खाडी जाने युवालाई रोक्न महत्वपूण भूमिका खेल्ने दाबी गरिन् ।

Next Post

इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

२५ फाल्गुन २०७५, शनिबार १८:४६
सदरलाइनडटकम, काठमाण्डौ : इथोपियाको अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडान भरेको इथोपियन एयरलाइन्सको बोइङ ७३७ दुर्घटनामा परेको छ । विमानमा १४९ यात्रु र ८ जना चालक दलका सदस्यहरू रहेको विमान कम्पनीले जनाएको छ । एयरलाइन्सका प्रवक्ताका अनुसार विमान दुर्घटना स्थानीय समय अनुसार आइतवार बिहान पौने नौ बजे भएको हो […]