बाँकेमा सञ्चालन हुन सकेन सुपथ मुल्य पसल

सदरलाइन संवाददाता १५ आश्विन २०७८, शुक्रबार १६:१८
 

नेपालगञ्ज : चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि बाँकेमा भने हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।

विगतका वर्षमा दशैँ तिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी नेपालगञ्जमा सुपथ मूल्य पसल संचालन हुँदै आएको थियो । तर बाँकेमा भने सुपथ मूल्य पसल अहिलेसम्म पनि संचालनमा आउन सकेको छैन् ।


साल्ट टे«डिङ कर्पोरेशनले भने आफ्नो कार्यालयबाटै छुटमा नुन विक्री गरिरहेको कार्यालय प्रमुख मनोज चौधरीले जानकारी दिए । कर्पोरेशनसँग चिनी भने छैन् । एकैठाउँमा सबै सामाग्री राखेर सुपथ पसल संचालन हुन नसकेको चौधरीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले यसको समन्वय गर्नु पर्ने भएपनि उसले प्रभावकारी पहल गर्न सकेको छैन् । जस्का कारण मूल्य पसल सञ्चालन हुन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुकुरको खाना बढी मुल्यमा बेच्ने नेपालगञ्जको भाटभटेनीलाई २ लाख जरिमाना

१५ आश्विन २०७८, शुक्रबार १६:१८
नेपालगञ्ज :  नेपालगञ्जमा सञ्चालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई कुकुरको खाना बढी मुल्यमा बेच्ने नेपालगञ्जको भाटभटेनीलाई २ लाख जरिमाना गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार दुइ लाख रुपैयाँ जरिमाना गरेको हो । बाँकेको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटले कुकुरका लागि तयारी खानेकुरा […]