विपन्न एकल महिलालाई बाख्रा पैचो

८ असार २०७३, बुधबार ०३:५७
 

IMG_6910 सदरलाइनडटकम
८ असार, नेपालगन्ज :  द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेले नेपालगन्ज उप–महानगरपालिकासंगको सहकार्यमा नेपालगन्ज–१९  का एकल महिलाको आयअर्जनमा सुधार ल्याउनको लागि बाख्रा पैचो कार्यक्रम सुरु गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रासद जोशीले उपमहानगरपालिकाले विपन्न तथा एकल महिलाको आयआर्जनको लागि सहयोग पु¥याउने उदेश्यले बाख्रा पैंचो कार्यक्रम सञ्चालन गर्नको लागि द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेमार्फत सुरु गरेको जानकारी दिए ।
उनले सहयोगको सदुपयोग भएको खण्डमा आगामि दिनमा थप सहयोगका कार्यक्रमहरु सञ्चालनगर्न सकिने भएकोले साझेदार संस्था र एकल महिलाको समूहले आफ्नो ईमानदारिता देखाउने गरी काम गर्नको लागि सबैलाई आग्रह गरे ।
सञ्जालकी संस्थापक अध्यक्ष शोभा विसिले एकल महिलाको आत्मसम्मान बढाउनको लागि आफ्नो संस्थाले विभिन्न निकायसंगको सहकार्यमा स–सानो भएपनि सहयोग तथा आयआर्जनको लागि सीपमुलक तालिम सञ्चालन गर्दै आएको बताईन ।
उनले सोही क्रम अनुसार नेपालगन्ज उप–महानगरपालिकासंग सहकार्य गरेर नेपालगन्ज–१९ का एकल महिलाको लागि ३० हजारबराबरको बाख्रा किनेर समुहलाई पैचोको रुपमा वितरण गरिएको जानकारी दिइन ।
सोमबार सञ्जालले एक कार्यक्रमको आयोजना गरी बालेगाउकी नाजमा कपडिया, भवानियाँपुर की गुड्डी तेली, बमनपुरवाकी रामकुमारी लोनिया र बाबुगाउकी मन्नी धोबीलाई एक–एक बाख्रा वितरण गरिएको छ । उनीहरुले ति बाख्राको पहिलो सन्तानलाई आफ्नै समूह भित्रका एकल महिलालाई अनिबार्य बितरण गर्नु पर्ने व्यबस्था मिलाईएको सञ्जालकी संस्थापक अध्यक्ष विसिले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नगरको सुरक्षाको लागि जडान गरिएका सिसिटिभि क्यामेरा विग्रए

८ असार २०७३, बुधबार ०३:५७
संगीता केसी/ सदरलाइनडटकम ८ असार, नेपालगन्ज: नेपालगन्जको जमुनाह र पुष्पलाल चोकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि जडान गरिएका सिसी क्यामेराहरु विग्रेर थन्किएका छन् । नेपालगन्जका आधा दर्जन बढी सार्वजनिक स्थानमा राखिएका सिसी क्यामेरा मध्ये जमुनाह र पुष्पलालचोकमा राखिएका क्यामेरा विग्रिएर थन्किएका हुन् भने बागेश्वरी मन्दिर लगायत अन्य ठाउँमा राखिएको […]

सम्बन्धित