अबैध कुखुराका चाल्लासहित चारजना पक्राउ

सदरलाइन संवाददाता ११ कार्तिक २०७८, बिहीबार १७:२४
 


बर्दिया  : बर्दिया प्रहरीले भारतबाट अवैधरुपमा ल्याइएको कुखुराको चल्लासहित ४ जनालाई नियन्त्रणमा लिनुको साथै चोरी मुद्दामा सजाय तोकेको एकजनालाई समेत नियन्त्रणमा लिएर अदालतमा बुझाएको छ ।

प्रहरीले गुलरिया नगरपालिका वडानं. ८ मा भारतबाट अवैधरुपमा साईकलमा लोड गरी ल्याईरहेको अन्दाजी ६३ हजार बराबरका ४ सय २० ओटा कुखुराका चल्लाहरु सहित ३ जना भारतिय र १ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेका चल्लालाई थप आबश्यक कारवाहीको लागि पशु क्वारेन्टिन कार्यालय गुलरिया बर्दियामा पठाईएको जनाएको छ । भारतबाट पन्छी तथा पन्छी जन्यवस्तु आयात गर्न प्रतिबन्धित छ ।


यसैगरी बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७७ माघ ५ गतेको फैसला आदेशले चोरी मुद्दामा दुई बर्ष कैद र रू २० हजार जरीवाना तोकिएका फरार कसुरदार जिल्ला बर्दिया गेरुवा गाउँपालिका वडानं ३ बस्ने परिवर्तित नाम थरका व्यक्तिलाई खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पाताभार बर्दियाको प्रहरी टोलिले कात्तिक १० गते नियन्त्रणमा लिएर बर्दिया जिल्ला अदालत गुलरियामा पेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुडो दिवस मनाइयो

११ कार्तिक २०७८, बिहीबार १७:२४
काठमाडौं : नेपाल जुडो संघले विभिन्न कार्यक्रम गरी विश्व जुडो दिवस बिहीबार मनाएको छ । अक्टोबर २८ तारिखका दिन अन्तर्राष्ट्रिय जुडो महासंघ (आईएसजेएफ) मा आबद्ध करिब २ सय ५ देशमा कार्यक्रम गरी विश्व जुडो दिवस मनाउने प्रचलन रहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । सोही क्रममा जुडो संघले […]