रुपन्देहीको देवदहमा दम्पती मृत फेला

सदरलाइन संवाददाता २१ कार्तिक २०७९, सोमबार १४:०३
 

नेपालगञ्ज : रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए ।

श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोटरी क्लब अफ दाङद्वारा विद्यालयलाई कम्प्युटर

२१ कार्तिक २०७९, सोमबार १४:०३
दाङ : रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका १ स्थित आधारभुत विद्यालय सिमलतारालाई एक थान कम्प्युटर प्रदान गरेको छ । सामाजिक सेवाप्रति उत्तरदायी रोटरी क्लव अफ दाङले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । विद्यालयमा कम्प्युटर प्राप्त भएपछी उक्त कम्प्युटर विद्यालयको प्रशासनिकलगायतका काममा प्रयोग हुने प्रधानाध्यापक विकास […]