प्रादेशिक महोत्सव नेपालगञ्जमा राजनराज सिवाकोटीदेखि भुमिका गिरीसम्म आउँदै

२० फाल्गुन २०७५, सोमबार ०९:२२
 

सदरलाइनडटकम,


नेपालगञ्ज : सडक डिभिजन परिसर, कारकादोमो आईतबारदेखि शुरु भएको प्रादेशिक महोत्सव २०७५ आज सोमबार चर्चित कलाकारले प्रस्तुती दिने भएका छन् ।
पहिलो दिन उद्घाटन समारोहपछि लोक गायक नविन खड्काले गीत गाएर नचाएका थिए ।
आज सोमबार चर्चित गायक राजनराज सिवाकोटी,कृष्ण रेउले, भूमिका गिरी, हाँस्यकलाकार पुर्खे बा, रुविना अधिकारीले आफ्नोे प्रस्तुती दिने महोत्सव सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाहले जानकारी दिए ।
वि.सं. २०५७ सालदेखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ ।
विगत झै यस पटक पनि संघलाई नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गरिएको अध्यक्ष बैश्यले बताए ।
महोत्सवमा तीन सय बढि स्टल छन् । स्थानीय र राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने छ ।

Next Post

बिओपी कालाबञ्जरको भब्य भवन बन्दै

२० फाल्गुन २०७५, सोमबार ०९:२२
सदरलाइनडटकम, नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल बीओपी कालाबञ्जर बाँकेको भवन सोमवार भब्य समारोहकाबीच शिलान्यास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ र डुडुवा गाउँपालिका वडा नं. ६ को सिमामा उक्त भवनको शिलान्यास गरिएको हो । ७५ लाखको लागतमा निर्माण हुन लागेको भवनको सोमवार सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर […]