बिओपी कालाबञ्जरको भब्य भवन बन्दै

२० फाल्गुन २०७५, सोमबार १६:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सशस्त्र प्रहरी बल नेपाल बीओपी कालाबञ्जर बाँकेको भवन सोमवार भब्य समारोहकाबीच शिलान्यास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ र डुडुवा गाउँपालिका वडा नं. ६ को सिमामा उक्त भवनको शिलान्यास गरिएको हो ।
७५ लाखको लागतमा निर्माण हुन लागेको भवनको सोमवार सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नं. ३० बागेश्वरी गण बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले उद्घाटन गरेका हुन् । चालु आर्थिक वर्ष ०७५/७६ भित्र भवनको निर्माण सम्पन्न हुने गरी ओम कन्स्ट्रक्शन प्रालि बाँकेले ठेक्का पाएको छ । बिओपी कालाबञ्जरको नाममा रहेको ६ बिगहा ११ कठ्ठा ४ धुर जग्गामा भवन निर्माण हुन लागेको बीओपीका निमित्त इञ्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक अम्मरबहादुर शाहीले बताए ।


कार्यालय, ब्यारेक, मेश, शौचालय, बाथरुम, पानी ट्यांकी जडानसहित निर्माण हुन लागेको उक्त भवन शिलान्यास कार्यक्रममा नेपालगञ्ज वडा नं. १४ का अध्यक्ष ओमकार नाथ मिश्र, डुडुवा ६ का वडा सदस्यद्वय नेतराम मौर्य, तीर्थराम कुर्मी, वडा कार्यालयका पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधीलगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।


Next Post

शिवको अराधना गरी ‘महाशिवरात्री’ मनाईंदै

२० फाल्गुन २०७५, सोमबार १६:२७
सदरलाइनडटकम, नेपालगञ्ज : कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी सोमवार देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू सोमवार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा […]