बालिका बलात्कार अरोपमा दुई जना पक्राउ

सदरलाइन संवाददाता २३ बैशाख २०८०, शनिबार १३:३०
 

बर्दिया : बर्दिया राजापुर नगरपालिका–९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेको प्रहरीले जनाएको छ ।


पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीया शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलत्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चलचित्र दर्ता अब अनलाइनबाटै : प्रवक्ता बुढाथोकी

२३ बैशाख २०८०, शनिबार १३:३०
दाङ : स्थानीयस्तरमा निर्माण हुने चलचित्र अनलाइनबाट नै दर्ताको व्यवस्था गर्न थालिएको चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताएका छन् । चलचित्र पत्रकार सङ्घ दाङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । स्थानीयस्तरमा निर्माण गरिएका वृत्तचित्र, चलचित्र दर्ताका लागि बोर्डमै जानुपर्ने बाध्यता अन्त्यका लागि अनलाइनबाटै व्यवस्था […]